भारतमा ६ महिनामा १७ ठूला फिल्म आउँदै, २५ सय करोड कमाउने अनुमान

काठमाडौं । अबको ६ महिना बलिउडका लागि आशाले भरिएको छ । यहाँ क्रिसमससम्म १७ ठूला फिल्म रिलिज हुँदैछन्, जसबाट विज्ञहरूले २५ सय करोडको व्यापार गर्ने अनुमान गरेका छन् । यो अवधिमा लगभग सबै ठूला स्टारका फिल्म छन् । जुलाईमा ‘रकी र रानी की प्रेम कहानी’ रिलिजबाट सुरु हुने यो श्रृङ्खला राजकुमार हिरानी र शाहरुख खानको फिल्म ‘डांकी’ सम्म चल्ने छ ।
यो अवधिमा बलिउडमा दुई ठूला भिडन्त हुनेछन् । एउटा अगस्ट ११ गते र अर्को डिसेम्बर १ मा। ११ अगस्टमा सनी देओलको ‘गदर–२’ र अक्षय कुमारको ‘ओह माई गॉड–२’ भिड्दैछन् ।
त्यस्तै डिसेम्बर १ मा रणवीर कपूरको ‘एनिमल’, विक्की कौशलको ‘साम बहादुर’ र मल्टिस्टारर ‘फुक्रे ३’ भिड्दैछन् । विज्ञहरुलाई विश्वास गर्ने हो भने यो ६ महिना बलिउडका लागि रिकभरीको समय हुन सक्छ ।
२०२३ को छ महिना बितिसक्यो। पछिल्ला ६ महिनामा बलिउडका करिब १५ फिल्म थिएटरमा रिलिज भएका थिए, जसमध्ये ७ फिल्मले मात्रै १०० करोडभन्दा बढीको विश्वव्यापी कलेक्सन गरेका छन्। ‘आदिपुरुषुजस्ता ठूला फिल्महरू फ्लप भए पनि ‘द केरला स्टोरी’ र ‘जरा हटके जरा बचकेुले आफ्नो संग्रह र प्रदर्शनले सबैलाई चकित पारे। ‘
पठान’ ले सोचेभन्दा १ हजार करोड बढी कमाएको छ । ‘द केरला स्टोरी’ को सफलता पनि ठूलो थियो। ‘तू झुठी मै मक्कर’, ‘जरा हटके जरा बचाके’ जस्ता फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया