ब्रेकअपपछि पहिलो पटक सँगै देखिए टाइगर र दिशा

काठमाडौं । हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिका छन्। ब्रेकअपपछि दिशा र टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका हुन् । यसकाे भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएकाे छ । रिपोर्टका अनुसार दिशा र टाइगर कार्यक्रममा सहभागी हुन मुम्बईबाट दिल्ली पुगेका थिए ।
भिडियोमा दिशा र टाइगर कार्यक्रममा एकअर्काको छेउमा बसेर कुराकानी गरिरहेको देखिन्छ । यस बाहेक दिशा र टाइगर एयरपोर्ट पुगेका भिडियो बाहिरिएको छ । तर, दुवैले पापाराजीलाई फरक–फरक पोज दिए । टाइगरले क्यामेराको लागि पोज दिँदा दिशा पछाडि उभिरहेकी थिइन् । टाइगरपछि दिशा क्यामेराको अगाडि आइन् र पोज दिइन् ।
कार्यक्रममा टाइगरले कालो टि–सर्ट र कालो पाइन्ट लगाएका लगाएका थिए । दिशाले यसलाई बैजनी क्रप टप, सेतो प्यान्ट र स्नीकर्समा स्टाइल गरेकी थिइन् । दुबैले सनग्लास पनि लगाएका थिए ।
टाइगर–दिशाका फ्यानहरुले यो भिडियोलाई सामाजिक सञ्जालमा कमेन्ट गरिरहेका छन् । भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्– अहिले दुवै जना डेट गरिरहेका छैनन् । विमानमा पनि टाइगरले दिशातर्फ हेरिरहेका थिएनन् । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तिमी दुबै सँगै धेरै राम्रो देखिरहेका छौ, लवली कपल१ छिट्टै बिहे गर १ त्यही त्यस्तै अर्काले लेखेका छन्– के यसको मतलब उनीहरु फेरि डेटिङ गर्दैछन् रु









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया