ब्रेकअपपछि पहिलो पटक सँगै देखिए टाइगर र दिशा

काठमाडौं । हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिका छन्। ब्रेकअपपछि दिशा र टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका हुन् । यसकाे भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएकाे छ । रिपोर्टका अनुसार दिशा र टाइगर कार्यक्रममा सहभागी हुन मुम्बईबाट दिल्ली पुगेका थिए ।
भिडियोमा दिशा र टाइगर कार्यक्रममा एकअर्काको छेउमा बसेर कुराकानी गरिरहेको देखिन्छ । यस बाहेक दिशा र टाइगर एयरपोर्ट पुगेका भिडियो बाहिरिएको छ । तर, दुवैले पापाराजीलाई फरक–फरक पोज दिए । टाइगरले क्यामेराको लागि पोज दिँदा दिशा पछाडि उभिरहेकी थिइन् । टाइगरपछि दिशा क्यामेराको अगाडि आइन् र पोज दिइन् ।
कार्यक्रममा टाइगरले कालो टि–सर्ट र कालो पाइन्ट लगाएका लगाएका थिए । दिशाले यसलाई बैजनी क्रप टप, सेतो प्यान्ट र स्नीकर्समा स्टाइल गरेकी थिइन् । दुबैले सनग्लास पनि लगाएका थिए ।
टाइगर–दिशाका फ्यानहरुले यो भिडियोलाई सामाजिक सञ्जालमा कमेन्ट गरिरहेका छन् । भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्– अहिले दुवै जना डेट गरिरहेका छैनन् । विमानमा पनि टाइगरले दिशातर्फ हेरिरहेका थिएनन् । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तिमी दुबै सँगै धेरै राम्रो देखिरहेका छौ, लवली कपल१ छिट्टै बिहे गर १ त्यही त्यस्तै अर्काले लेखेका छन्– के यसको मतलब उनीहरु फेरि डेटिङ गर्दैछन् रु


















प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया