ललिता निवासको जग्गा प्रकरण
सिआइबीले संगठित अपराधमा पनि मुद्दा चलाउने

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाविरुद्ध संगठित अपराधमा पनि मुद्धा चलाउने भएको छ । पहिला कीर्तेमा मात्र मुद्दा चलाउने तयारी गरेको सिआइबीले अब संगठित अपराधमा पनि मुद्दा चलाउने निष्कर्षमा पुगेको हो ।
एक सय ४३ रोपनी जग्गा हिनामिना गर्ने क्रममा सरकारी छाप किर्ते धन्दा संगठित तवरले गरिएको देखिएको भन्दै प्रहरीले संगठित अपराध निवारण ऐन, २०७० परिच्छेद २ को दफा ३ आकर्षित हुने निष्कर्ष निकाल्दै मुद्दा चलाउने निष्कर्ष निकालेको हो ।
सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले विभिन्न तहका विभिन्न व्यक्तिले संगठित तवरले सरकारी छाप किर्ते गरेको देखिएकाले घटनामा संलग्नविरुद्ध संगठित अपराधअन्तर्गत पनि मुद्दा चलाउने निष्कर्षमा आफूहरू पुगेको बताइन् । उनले सरकारी वकिल कार्यालयमा आफूहरू यस्तो दाबी लिएर प्रतिवेदनसहित जाने बताइन् ।
संगठित अपराध निवारण ऐन, २०७० को दफा २ अनुसार अपराध गर्ने उद्देश्यले तीन वा तीनभन्दा धेरै व्यक्ति संगठित वा असंगठित भई गरेको कसुर संगठित अपराध हो ।
ललितानिवास जग्गा हिनामिनामा तीन सय ९० भन्दा धेरै व्यक्ति संलग्न रहेका छन् । त्यसमध्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ विरुद्ध भ्रष्टचारको मुद्दा नै चलाएको छ ।
















कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
Beni in Myagdi directly connected to New Delhi by bus service
एमाले उपाध्यक्ष थापाको आरोप : सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया