नेपाल यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश
मेरोन्यूज
२०८० असार १८ गते १२:४०

काठमाडौँ । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपाल सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
मलेसियामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । जवाफमा सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।
नेपालले मंगलबार हुने फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । सोमबार भएको अर्को खेलमा मलेसियाले हङकङलाई ७८ रनले पराजित गर्यो ।
नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।
कोइरालाले ४३ र निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।
सम्बन्धित
















हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया