आगामि फिल्ममा विष्णु बन्दै प्रभास

काठमाडौं । निर्देशक नाग अश्विन अभिनेता प्रभास स्टारर फिल्म ‘प्रोजेक्ट के’ को निर्माणमा व्यस्त छन् । यसैबीच फिल्मको कथालाई लिएर निर्माण पक्षले केहि खुलासा गरेकाे छ। रिलिज मिति नजिकिँदै गर्दा फिल्मको बारेमा नयाँ खुलासा भइरहेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘प्रोजेक्ट के’ मा प्रभासको चरित्र भगवान विष्णुबाट प्रेरित छ । निर्माण पक्षले भनेको छ, ‘प्रभासको क्यारेक्टर भगवान विष्णुको हो । उनले प्रविधिको प्रयोग गरेर आधुनिक खलनायकहरूसँग लडेकाे कथा यस फिल्ममा देखाइने छ।’ फिल्ममा खलनायकको भूमिका कमल हसनले निभाउनेछन् ।
वैजयन्ती मुभिजका सी. अश्वानी दत्तद्वारा निर्मित याे फिल्म ५०० करोडभन्दा बढीको बजेटमा बनेको हाे । याे भारतीय सिनेमामा बनेको सबैभन्दा महँगो फिल्म हो।
‘प्रोजेक्ट के’ तेलुगु र हिन्दीमा एकैसाथ सुटिङ भइरहेको छ । फिल्ममा प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण र दिशा पटानी मुख्य भूमिकामा छन् । फिल्म तेलुगु, हिन्दी, तमिल, मलयालम र कन्नड भाषाहरूमा जनवरी १२, २०२४ मा रिलिज हुने बताइएको छ। यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया