शुक्रबार, वैशाख ४, २०८३

मन्त्री मोदी दक्षिण कोरिया प्रस्थान

मेरोन्यूज २०८० असार १८ गते २०:१३

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक वैश्विक सेमाउल अनडोङ मन्त्री स्तरीय बैठक २०२३ मा सहभागी हुन मन्त्री मोदी त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकमा विश्वका ४६ देशका प्रतिनिधिसहित ३१ वटा देशका मन्त्रीहरू सहभागी हुँदै छन् ।

बैठकमा सबै देशका मन्त्रीहरुले आआफ्नो देशको ग्रामीण विकासबारे धारणा राख्ने छन् । मन्त्री मोदीले नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने छन् । नेपालको ग्रामीण विकासको अवस्था, चुनौती र सम्भावनाका विषयमा मन्त्री मोदीले आफ्नो धारणा राख्ने छन् ।

कोरियास्थित आन्तरिक तथा सुरक्षा मन्त्रालयाको सहकार्यमा यो कार्यक्रम कोरिया ग्रामीण विकास केन्द्र कोरिया सेमुअल अनडोंग केन्द्रले आयोजना गरेको हो ।

दक्षिण कोरियाको दोश्रो ठूलो सहरको रुपमा स्थापित बुसानमा भएका विकास निर्माणबारे पनि मन्त्री मोदीको टोलीले अनुगमन गर्ने कार्य तालिका छ ।

शुक्रबारसम्म जारी हुने कार्यक्रम पूरा गरी मन्त्री मोदी शनिबार स्वदेश फर्किने कार्य तालिका छ ।

प्रतिक्रिया