मन्त्री मोदी दक्षिण कोरिया प्रस्थान

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक वैश्विक सेमाउल अनडोङ मन्त्री स्तरीय बैठक २०२३ मा सहभागी हुन मन्त्री मोदी त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकमा विश्वका ४६ देशका प्रतिनिधिसहित ३१ वटा देशका मन्त्रीहरू सहभागी हुँदै छन् ।
बैठकमा सबै देशका मन्त्रीहरुले आआफ्नो देशको ग्रामीण विकासबारे धारणा राख्ने छन् । मन्त्री मोदीले नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने छन् । नेपालको ग्रामीण विकासको अवस्था, चुनौती र सम्भावनाका विषयमा मन्त्री मोदीले आफ्नो धारणा राख्ने छन् ।
कोरियास्थित आन्तरिक तथा सुरक्षा मन्त्रालयाको सहकार्यमा यो कार्यक्रम कोरिया ग्रामीण विकास केन्द्र कोरिया सेमुअल अनडोंग केन्द्रले आयोजना गरेको हो ।
दक्षिण कोरियाको दोश्रो ठूलो सहरको रुपमा स्थापित बुसानमा भएका विकास निर्माणबारे पनि मन्त्री मोदीको टोलीले अनुगमन गर्ने कार्य तालिका छ ।
शुक्रबारसम्म जारी हुने कार्यक्रम पूरा गरी मन्त्री मोदी शनिबार स्वदेश फर्किने कार्य तालिका छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया