प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले शर्मालाई नेपालीको नाम विश्वमा राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिए ।
शर्माले एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरेर विश्व कीर्तिमान काम गरेका हुन्। उनले त्यसको श्रेय आफ्नो ध्यान, साधना र ‘मेमोरी टेक्निक’लाई दिनेछन् । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले विद्यार्थीलाई पनि स्मरण शक्ति बढाउने तालिम दिँदै आएका छन् ।
स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका शर्माले छिट्टै तेस्रो रेकर्ड राख्ने तयारी गरेका छन् । शर्माले यसअघि सन् २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए ।
शर्माले भने, “यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभइ सम्पूर्ण नेपालीको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्व सामू फैलाउने योजना छ ।”










मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया