शुक्रबार, वैशाख ४, २०८३

सुटिङका ​​क्रममा घाइते भए शाहरुख खान

मेरोन्यूज २०८० असार १९ गते १४:३०

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान फिल्म सुटिङका क्रममा घाइते भएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको सुटिङका क्रममा शाहरुख घाइते भएका हुन्। उनको नाकमा गहिरो चोट लागेको छ।

दुर्घटनालगत्तै शाहरुखलाई अस्पताल लगिएको थियो। उनको सानो शल्यक्रिया गरेपछि अहिले मुम्बई ल्याइएको छ।

चिकित्सकले उनको स्वास्थ्य अवस्था चिन्तामुक्त रहेको र ठूलो समस्या नभएको बताएका छन्।

पछिल्लो केही दिनदेखि उनी अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको सुटिङ गरिरहेका थिए।

प्रतिक्रिया