अजय देवगनले मुम्बईमा किने ४५ करोडको अफिस

काठमाडौं । बलिउड अभिनेता अजय देवगनले मुम्बईको अंधेरी वेस्ट क्षेत्रमा नयाँ अफिस किनेका छन् । ५ युनिट अफिस भएको यस सम्पत्तीको मूल्य ४५ करोड रुपैयाँ भारु रहेको बताइएको छ ।
मनी कन्ट्रोल रिपोर्टका अनुसार ओशिवाराको सिग्नेचर भवनको १६ औं र १७ औं तल्लामा खरिद गरिएको यस कार्यालयको कुल स्थान १३,२९३ वर्ग फुट छ। यद्यपी अजयले अहिलेसम्म यी रिपोर्टमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
उनको १६ औँ तलामा ३ वटा कार्यालय छन् र तिनको लागत ३०.३५ करोड रुपैयाँ रहेको छ । यसका लागि अजयले १ करोड ८२ लाख रुपैयाँ स्ट्याम्प शुल्क तिरेका छन् । त्यस्तै १७ औं तलामा यस कार्यालयका दुई इकाइ छन् जसको लागत १४ करोड ७४ लाख रुपैयाँ रहेको बताइएको छ । उनले यसका लागि रु ८८.४४ लाख स्ट्याम्प शुल्क तिरेका छन् ।
अजयले यो सम्पत्ति आफ्नो मूल नाम विशाल वीरेन्द्र देवगन नाममा दर्ता गराएका छन् । उनले यो अफिस युनिट किन्नुभन्दा पाँच दिनअघि उनकी श्रीमती तथा अभिनेत्री काजोलले १६.५ करोडको अपार्टमेन्ट किनेकी थिइन् ।
मनीकन्ट्रोलको रिपोर्ट अनुसार अजयले दुई वर्षअघि मुम्बईको जुहूमा एउटा बंगला किनेका थिए । ४७४.४ स्क्वायर मिटरमा फैलिएको यस बंगलाको लागत ४७.५ करोड रुपैयाँ थियो ।
कामको कुरा गर्दा केहिदिन अघि अजयको फिल्म ‘भोला’ रिलिज भएको थियो । उनले हालै अभिषेक कपुरको अर्को फिल्मको सुटिङ सुरु गरेका छन् । जसमा उनका साथमा भतिजा अमन देवगन र रविना टण्डनकी छोरी राशि थडानी देखिनेछन् । यसबाहेक अजय फिल्म ‘मैदान’ को लागि सही रिलिज मिति तय गर्ने तयारमिा छन् ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया