सोमबार, मंसिर ८, २०८२

अजय देवगनले मुम्बईमा किने ४५ करोडको अफिस

मेरोन्यूज २०८० असार १९ गते १६:५३

काठमाडौं । बलिउड अभिनेता अजय देवगनले मुम्बईको अंधेरी वेस्ट क्षेत्रमा नयाँ अफिस किनेका छन् । ५ युनिट अफिस भएको यस सम्पत्तीको मूल्य ४५ करोड रुपैयाँ भारु रहेको बताइएको छ ।

मनी कन्ट्रोल रिपोर्टका अनुसार ओशिवाराको सिग्नेचर भवनको १६ औं र १७ औं तल्लामा खरिद गरिएको यस कार्यालयको कुल स्थान १३,२९३ वर्ग फुट छ। यद्यपी अजयले अहिलेसम्म यी रिपोर्टमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनको १६ औँ तलामा ३ वटा कार्यालय छन् र तिनको लागत ३०.३५ करोड रुपैयाँ रहेको छ । यसका लागि अजयले १ करोड ८२ लाख रुपैयाँ स्ट्याम्प शुल्क तिरेका छन् । त्यस्तै १७ औं तलामा यस कार्यालयका दुई इकाइ छन् जसको लागत १४ करोड ७४ लाख रुपैयाँ रहेको बताइएको छ । उनले यसका लागि रु ८८.४४ लाख स्ट्याम्प शुल्क तिरेका छन् ।

अजयले यो सम्पत्ति आफ्नो मूल नाम विशाल वीरेन्द्र देवगन नाममा दर्ता गराएका छन् । उनले यो अफिस युनिट किन्नुभन्दा पाँच दिनअघि उनकी श्रीमती तथा अभिनेत्री काजोलले १६.५ करोडको अपार्टमेन्ट किनेकी थिइन् ।

मनीकन्ट्रोलको रिपोर्ट अनुसार अजयले दुई वर्षअघि मुम्बईको जुहूमा एउटा बंगला किनेका थिए । ४७४.४ स्क्वायर मिटरमा फैलिएको यस बंगलाको लागत ४७.५ करोड रुपैयाँ थियो ।

कामको कुरा गर्दा केहिदिन अघि अजयको फिल्म ‘भोला’ रिलिज भएको थियो । उनले हालै अभिषेक कपुरको अर्को फिल्मको सुटिङ सुरु गरेका छन् । जसमा उनका साथमा भतिजा अमन देवगन र रविना टण्डनकी छोरी राशि थडानी देखिनेछन् । यसबाहेक अजय फिल्म ‘मैदान’ को लागि सही रिलिज मिति तय गर्ने तयारमिा छन् ।

प्रतिक्रिया