बुधबार, माघ २१, २०८२

२४ घन्टामा कारबाहीमा परे २२ सय सवारी चालक

मेरोन्यूज २०८० असार २० गते ८:१३

काठमाडौं । ट्राफिक प्रहरीले गएको २४ घण्टामा दुई हजार दुई यस सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उलङघन गरेको आरोपमा ट्राफिक प्रहरीले सवारी चालकलाई कारबाही गरेको हो ।  

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले पछिल्लो २४ घन्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेको जानकारी दिएको छ । 

कार्यालयका अनुसार मादक पदार्थ सेवनमा ६९, लेन उल्लंघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन।

नम्बर प्लेटमा २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 


  

प्रतिक्रिया