क्यान महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले सोधे दोस्रो स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेका छन् ।
मन्त्री किरातीले २० असारमा दोस्रो स्पष्टीकरण सोध्दै तीन दिनभित्र जवाफ पठाउन भनेका छन् ।
यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै सोधेको ९ बुँदै स्पष्टीकरणको जवाफ महानिर्देशक अधिकारीले नदिएपछि मन्त्री किरातीले स्पष्टीकरण माग गर्दै अर्को पत्र पठाएका हुन् ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।
तर, महानिर्देशक अधिकारीले स्पष्टीकरणको जवाफ नदिने बताउँदै आएका छन् ।
जवाफ नदिएपछि रुष्ट बनेका मन्त्री किराती अधिकारीमाथि कारबाही अघि बढाउने मुडमा पुगेका छन् । ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीको तयारी छ ।
यस्तो छ स्पष्टीकरण पत्र

















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया