अज्ञात रोग फैलिएको गाउँमा पुग्यो चिकित्सक टोली

मान्मा । कालीकोटको तिलागुफा नगरपालिका–१० मा अज्ञात रोग फैलिएको रुडु र रानावाडा गाउँमा चिकित्सकको टोली पुगेको छ ।
अज्ञात रोग फैलिएको रुडु र राना गाउँमा तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट चिकित्सकको टोली पुगेको हो । एक सातादेखि फैलिएको अज्ञात रोगबाट एक १३ वर्षीया कर्मा थापाको मृत्यु भएको छ भने एक सय ७८ जना बिरामी परेका छन् ।
गाउँका फैलिएको अज्ञात रोगका उपचारका लागि तिलागुफा नगर अस्पताल राँचुलीका प्रमुख डा टङ्कप्रसाद आचार्यसहितको टोली पुगेर उपचारको थालनी गरेको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए । “अज्ञात रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको छ ।” उनले भने, “अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा रहनुभएको छ ।”
रुडु गाउँ र रानावाडा गाउँमा फैलिएको अज्ञात रोग भाइरल फ्लुबाट प्रभावित व्यक्तिमध्ये एक सय ६० जनाको स्वास्थ्य जाँच भएको र अन्यको उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा टङ्कप्रसाद आचार्यले जानकारी दिए । “नगर अस्पताल र जिल्ला अस्पताल चिकित्सकसहित टोलीले उपचार गरिरहेका छौँ”, उनले भने, “रोगबाट प्रभावित व्यक्तिहरु हाम्रो सम्पर्कमा आउने क्रम जारी रहेको छ ।”
ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको त्यसपछि मात्र कुन रोग हो भन्ने यकीन हुने डा आचार्यले जानकारी दिए । “लक्षण हेर्दा भाइरल मौसमी फ्लू पनि हुनसक्छ ।” उनले भने, “प्रयोशशाला विधिका नमूना सङ्कलन पठाएका छौँ । त्यसको रिर्पोट आए पनि कुन रोग हो । त्यसपछि मात्र भन्न सकिन्छ ।”
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया