ललिता निवास प्रकरणमा सञ्चारसचिव राउतको पनि संलग्नता !

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधिसचिव कृष्णबहादुर राउतको पनि संलग्नता देखिएको छ ।
राउत भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा जग्गा सट्टा भर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्ने सम्बन्धी टिप्पणी उठाएको देखिएको हो ।
माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा भौतिक योजना तथा निर्माण मन्त्रालयमा आर्थिक प्रशासन शाखामा अधिकृत रहेका राउतले टिप्पणी उठाएको प्रहरीको अनुसन्धानमा देखिएको हो ।
विजयकुमार गच्छदार उपप्रधानमन्त्रीसहित भौतिक योजनामन्त्री, सञ्जयकुमार साह राज्यमन्त्री तथा दीप बस्न्यात सचिव थिए ।
राउतले उठाएको टिप्पणी उठाउने जिम्मा उपसचिवव नरहरि भण्डारीलाई दिइएको थियो । तर उनी सामेल नभएपछि राउतलाई त्यसको जिम्मा दिइएको थियो । राउतले उठाएको टिप्पणीको फाइल सहसचिव, सचिव हुँदै मन्त्रीबाट स्वीकृत भएर मन्त्रिपरिषद्मा पुगी मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो । त्यसपछि त्यो जग्गा सट्टाभर्नाको काम सम्पन्न भएको थियो ।
राउतले टिप्पणी उठाएको सही भएको पनि बताएका छन् । उनलाई यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे बयान लिएको थियो । बयानमा सचिव राउतले आफूले टिप्पणी उठाएको सही भएको र यसक्रममा आफू निर्दोष रहेको बताएका थिए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया