भारतमा मजदुरी गर्ने रुकुम पश्चिमका एकै परिवारका ३ जनाको पहिरोमा परी मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमबाट भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी ज्यान गएको छ । त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली र भिमा ओली तथा उनका १७ वर्षीय छोरा मोहन ओलीको सिमलाको ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा मृत्यु भएको हो ।
सोमबार बिहान ११ बजेतिर एक्कासि पहिरो आएपछि घरमा बसिरहेका तीनै जनाको मृत्यु भएको मृतकका साइँला भाइका छोरा किरण ओलीले जानकारी दिए ।
एक वर्षअघि मजदुरी गर्न भारत गएका दिपबहादुर सँगै काममा सघाउने भनेर एक महिनाअघि मात्रै उनकी श्रीमती र दुई छोरा पनि उनी भएकै ठाउँमा गएका थिए । जेठो छोरा काममा गएका बेला आएको पहिरोले घरमा रहेका तीन जनाको ज्यान गएको उनले बताए ।
जेठो छोरा लोकेन्द्र ओली २०७८ फागुनमा वैदेशिक रोजगारीका लागि मलेसिया गएकोमा बिरामी परेपछि दुई महिनामामै फर्किएका थिए । लोकेन्द्रको उपचारका लागि कमाउन दीपबहादुर भारत गएको परिवारजनले बताएका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया