सम्पर्कविहीन हेलिकोप्टर खोज्न पठाइयो काठमाडौँबाट अर्को हेलिकोप्टर

काठमाडौँ । लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएपछि सरकारले खोज्नलाई अर्को हेलिकोप्टर पठाएको छ ।
सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोजीका लागि अर्को हेलिकोप्टर पठाएको जानकारी दिएका छन् । ‘मनाङ एयरको हेली लुक्लास्थित सुर्केवाट सम्पर्कविहीन भएपछि हामीले काठमाण्डौबाट अर्को हेली पठाएको छौँ,’ मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
घटनाबारे केही समय पछि सत्य तथ्य जानकारी आउने उनले बताए । अहिले आफूहङसँग धैर्यताबाहेक केही विकल्प नभएको उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाउन लागिएको छ ।
लामजुरापास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको उनले पठाए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया