सीताको निधनमा भारतीय प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। ट्विटरमार्फत मोदीले दुःख व्यक्त गरेका हुन्।
‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु,’ मोदीले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु।’
सीताको बुधबार बिहान ८ः३३ मा नर्भिक अस्पतालमा मृत्यु भएको हो।
उनको पार्थिव शरीर नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय खुमलटारमा श्रद्धाञ्जलीका लागि राखिएको छ। केही बेरमा पशुपतिनाथस्थित आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको छ।
श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।
— Narendra Modi (@narendramodi) July 12, 2023
ॐ शान्ति।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया