बिहीबार, माघ २२, २०८२

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

मेरोन्यूज २०८० असार २७ गते १७:१६

काठमाडौं । ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया