रुकुम पश्चिममा गाउँपालिकाका ईन्जिनियरमाथि आक्रमण

रुकुम पश्चिम । सानीभेरी गाउँपालिकाका ईन्जिनियर रमेश लम्सालमाथि आक्रमण भएको छ । उनीमाथि माओवादी केन्द्र निकट युवा संगठन वाईसिएलका जिल्ला संयोजक गोविन्द ओलीले हातपात गरेका हुन् ।
स्थानीय रंगशाला निर्माणको जिम्मा लिएका सानीभेरी–३ निवासी ओलीले योजनाको कम मूल्यांकन गरेको भन्दै बुधबार बिहान लम्सालमाथि हातपात गरेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश पूर्वाधार विकासअन्तर्गत रंगशाला निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन भएकोमध्ये ३६ लाख रुपैयाँ भुक्तानी भएको विषयलाई लिएर लम्सालमाथि आक्रमण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए ।
कर्मचारीमाथि हातपात तथा आक्रमण हुनु दुःखद् भन्दै गाउँपालिका अध्यक्ष वृखबहादुर विष्टले दोषीमाथि आवश्यक कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले आक्रमण गर्ने ओलीलाई प्रहरीले नियन्त्रणमा लिएर सिम्ली प्रहरी चौकीमा राखेर अनुसन्धान थालिएको बताए ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
प्रतिक्रिया