सोमबार, पुष ७, २०८२

प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिले पठाए समवेदना सन्देश

मेरोन्यूज २०८० असार २९ गते १०:१६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई समवेदना सन्देश पठाएका छन् ।

राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्मा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सचिव शर्माले प्रधानमन्त्री दाहाललाई समवेदन सन्देश हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री दाहालकी पत्नी सीताको बुधबार उपचारका क्रममा निधनमा भएको थियो ।

सशस्त्र संघर्ष र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ ।

सीताको निधन लगत्तै राष्ट्रपतिले टेलिफोन गरी दुःख व्यक्त गर्दा आफू भावविह्वल भएको प्रधानमन्त्री दाहालले बताए ।

प्रतिक्रिया