मुआब्जा वितरण न्यायसंगत नभएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । संखुवासभा जिल्लाभित्र निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ४०० केबी प्रशारण लाइन बिस्तारमा सम्बन्धित जग्गा धनीहरुसँग छलफल नै नगरी कम मुआब्जा वितरण गरिएको भन्दै उपप्रधान एवं गृहमन्त्रीलाई सम्बन्धित जग्गाधनीहरुले ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रवार उनीहरुले सिंहदरबारमा मन्त्री श्रेष्ठलाई भेटेर कानूनसम्मत रुपमा मुआब्जा वितरण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मुआब्जा निर्धारण समितिले गरेको संखुवासभा जिल्लाभित्र निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ४०० केबी प्रशारण लाइन बिस्तार गर्न ५९ वटा टावरहरु निर्माण गर्नुपर्ने र त्यो मध्ये खाँदबारी नगरपालिका अन्तर्गतका १४ वटा टावर निर्माण गर्ने जग्गाको मुआब्जा निर्धारण गरिएकोमा सम्बन्धित जग्गा धनीहरुसँग त्यो निर्णय गर्नुपूर्व कुनैपनि छलफल नगरिएको र आम सरोकारवालाहरुले छलफल गरी पाउँ भनेर निवेदन गर्दा पनि बेवास्ता गरी एकलौटी ढंगबाट मुआब्जा निर्धारण समितिको बैठक बसाएर मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि बाध्य भएर सिंहदरबार धाउनुपरेको बताए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुआब्जा सरोकार समितिका संयोजक छत्रमणि काफ्लेले भेटमा गृहमन्त्री श्रेष्ठले प्रक्रिया न्यायसंगत छ वा छैन बुझेर थप गतिविधि कानूनअनुसार अघि बढ्ने बताएको जानकारी दिए ।
अधिवक्ता भविश्वर शर्माले सम्बन्धित गाउँपालिका, न्यायपालिकाका प्रतिनिधि, जग्गाधनीलाई राखेर छलफल गरी मुआब्जा निर्धारण गर्नुपर्नेमा एकलौटी रुपमा गरिएको बताए । उनले खाँदबारी नगरपालिकालाई मुआब्जा कम दिने र अन्य क्षेत्रलाई बढी दिइएको बताए ।
उनले भने, ‘जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ ले मुआब्जा निर्धारण सिडिओको नेतृत्वमा हुने गर्छ । तर सम्बन्धित गाउँपालिका, न्यायपालिकाका प्रतिनिधि, जग्गाधनीलाई राखेर छलफल गरी मुआब्जा निर्धारण गर्नुपर्नेमा एकलौटी रुपमा गरिएको छ । खाँदबारी नगरपालिकालाई नदिने अरु माथिका क्षेत्रमा बढी दिने गरेको देखिएको छ । ज्यादै थोरै मुआब्जा दिइएको छ ।’
उनीहरुले जग्गाधनी र सम्बन्धित सरोकारवालाहरुसँग छलफल नै नगरी कम मुआब्जा दिएकाले आन्दोलन थप अघि बढाउने चेतावनी दिएका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया