सोमबार, फागुन २५, २०८२

मुलुकभर वर्षात् हुने

मेरोन्यूज २०८० असार ३१ गते ६:२५

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम सामान्य छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

राति सबै प्रदेशमा पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले मेघगर्जन र चट्याङसहितको वर्षाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने तथा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया