फार्मेसी प्रमुखको आत्महत्या प्रकरणमा मनमोहन ट्रान्सप्लान्ट सेन्टरका ४ कर्मचारी पक्राउ

काठमाडौँ अनियमितताको आरोप लगाएर जिम्मेवारीविहीन बनाएपछि काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी प्रमुख अमृत पोखरेलले अस्पतालमै आत्महत्या गरेका छन् ।
ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी इन्चार्ज पोखरेलले आत्महत्या गरेपछि अनुसन्धानका लागि प्रहरीले अस्पतालका प्रशासन प्रमुख भोजकुमार बस्नेतसहित चार जनालाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धानका लागि बस्नेतसहित फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।
फार्मेसीको स्टोरमा शुक्रबार बिहान झुन्डिएरको अवस्थामा मृत भेटिएका पोखरेलको सुसाइड नोटका आधारमा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । सुसाइड नोटमा उनले सहकर्मीहरूले अनियमितताको आरोप लगाएर ब्लाकमेलिङ गरेको र फसाउन खोजेको उल्लेख गरेका छन् ।
प्रहरीले केही समयअघि फार्मेसीमा औषधि बिक्रीको हिसाबमा करिब २३ हजार रुपैयाँ गडबड भएको थियो । अस्पतालका केही कर्मचारीले त्यस प्रकरणमा पोखरेललाई लिखित रूपमै माफी मगाइ त्यसैलाई प्रमाण बनाएर अस्पतालका निर्देशकसमक्ष उजुरी गरी छानबिन गराइएको थियो । छानबिन लम्ब्याएर यातना दिएपछि तनावमा रहेका उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘इमान्दार छवि भएका पोखरेललाई केही कर्मचारीले उनलाई फार्मेसी प्रमुखबाट हटाउन अनियमितताको आरोप लगाई नियोजित रूपमा लिखित माफी माग्न लगाएर ब्लाकमेलिङ गरेको देखियो । त्यहीकारण आत्महत्या दुरुत्साहनमा पक्राउ गरेका हौँ ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन् ।
फार्मेसीमा गोल्ड मेडलिस्ट पोखरेलले सुसाइड नोटमा आफूलाई यातना दिने कर्मचारीको नाम भने खुलाएका छैनन्, तर विवरण भने उल्लेख गरेका छन् ।
प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा कर्मचारीमाथि कारबाही अघि बढाउने तयारी गरेको छ । चारजनाविरुद्ध मृतकका परिवारले किटानी जाहेरी दिएका छन् ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया