फार्मेसी प्रमुखको आत्महत्या प्रकरणमा मनमोहन ट्रान्सप्लान्ट सेन्टरका ४ कर्मचारी पक्राउ

काठमाडौँ अनियमितताको आरोप लगाएर जिम्मेवारीविहीन बनाएपछि काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी प्रमुख अमृत पोखरेलले अस्पतालमै आत्महत्या गरेका छन् ।
ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी इन्चार्ज पोखरेलले आत्महत्या गरेपछि अनुसन्धानका लागि प्रहरीले अस्पतालका प्रशासन प्रमुख भोजकुमार बस्नेतसहित चार जनालाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धानका लागि बस्नेतसहित फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्तलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।
फार्मेसीको स्टोरमा शुक्रबार बिहान झुन्डिएरको अवस्थामा मृत भेटिएका पोखरेलको सुसाइड नोटका आधारमा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । सुसाइड नोटमा उनले सहकर्मीहरूले अनियमितताको आरोप लगाएर ब्लाकमेलिङ गरेको र फसाउन खोजेको उल्लेख गरेका छन् ।
प्रहरीले केही समयअघि फार्मेसीमा औषधि बिक्रीको हिसाबमा करिब २३ हजार रुपैयाँ गडबड भएको थियो । अस्पतालका केही कर्मचारीले त्यस प्रकरणमा पोखरेललाई लिखित रूपमै माफी मगाइ त्यसैलाई प्रमाण बनाएर अस्पतालका निर्देशकसमक्ष उजुरी गरी छानबिन गराइएको थियो । छानबिन लम्ब्याएर यातना दिएपछि तनावमा रहेका उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘इमान्दार छवि भएका पोखरेललाई केही कर्मचारीले उनलाई फार्मेसी प्रमुखबाट हटाउन अनियमितताको आरोप लगाई नियोजित रूपमा लिखित माफी माग्न लगाएर ब्लाकमेलिङ गरेको देखियो । त्यहीकारण आत्महत्या दुरुत्साहनमा पक्राउ गरेका हौँ ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन् ।
फार्मेसीमा गोल्ड मेडलिस्ट पोखरेलले सुसाइड नोटमा आफूलाई यातना दिने कर्मचारीको नाम भने खुलाएका छैनन्, तर विवरण भने उल्लेख गरेका छन् ।
प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा कर्मचारीमाथि कारबाही अघि बढाउने तयारी गरेको छ । चारजनाविरुद्ध मृतकका परिवारले किटानी जाहेरी दिएका छन् ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया