बिहीबार, माघ २२, २०८२

सहकारी पीडित र प्रहरीबीच माइतीघरमा झडप

मेरोन्यूज २०८० असार ३१ गते ११:५१

काठमाडौँ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने मागसहित गरेको आन्दोदनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आन्दोलनका क्रममा सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले केही सहकारी पीडितहरुलाई लाठी प्रहार गरी तितरवितर पारेर केहीलाई नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान माइतीघर क्षेत्रमा र्‍याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्नेसहितका माग लेखेका प्लेकार्ड लिएर ¥याली निकालेका थिए ।

माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सहकारी क्षेत्रको समस्याका कारण देशभरका सहकारी पीडितहरु लामो समयदेखि आन्दोलरत छन् ।

प्रतिक्रिया