सोमबार, मंसिर ८, २०८२

मनिषा कोइराला भन्छिन्- अब घर बसाउने र आमा बन्ने ‘कन्फिडेन्स’ छैन

मेरोन्यूज २०८० असार ३१ गते १२:५०

काठमाडाैं । अभिनेत्री मनिषा कोइरालाले हालै मिडियालाई दिएको अन्तवार्तामा दोस्रो विवाह र बच्चाको बारेमा कुरा गरेकी छन् । उनले आफ्नो खराब स्वास्थ्यका कारण अहिले आमा बन्ने आत्मविश्वास नभएको बताएकी छिन् । उनी क्यान्सरबाट बचेकी हुन् । मनिषाले आफूलाई माया गर्ने आमाबाबु, निकै नजिकका साथी भएको बताइन् । तैपनि कहिलेकाहीं जीवन साथी भएको भए सहज हुने लाग्ने गरेको मनिसाले बताइन् ।

मनिषाले सन् २०१० मा व्यवसायी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । यो जोडी सन् २०१२ मा छुट्टिएको थियो । सोहि वर्ष मनिषालाई डिम्बग्रंथिको क्यान्सर भएको पत्ता लागेको थियो ।

ईटाइम्ससँगको कुराकानीमा मनिषाले भनिन्– फेरि विवाह गर्ने मेराे समय सकिएको छ, हैन र ? ‘मेरो जिवन पूर्ण भएको महशुश गरेकी छु ।’ उनले भनिन् ‘मेरो पाल्तु कुकुर र बिरालो अब मेरा बच्चाहरू हुन्। अझ त्यो भन्दा त, मेरा राम्रा आमाबाबु छन् । उनीहरु मेरा निकै राम्रा साथी हुन् । तर पनि कहिलेकाहीं सोच्छु कि यदि मसँग कोहि साथी भइदिए जीवन सहज हुने थियो कि ।’

मनिषाले बच्चाहरुको बारेमा थप कुरा गरिन् । ‘एकल आमाको रूपमा बच्चा हुर्काउन आत्मविश्वास चाहिन्छ।’ उनले भनिन् ‘मलाई थाहा छ कि संसारमा बच्चा हुर्काउनु कत्तिको जिम्मेवार छ। जुन दिन म विश्वस्त छु कि म एकल आमाको रूपमा यो गर्न सक्छु, म गर्नेछु।’

उनले अहिले आफ्नो स्वास्थ्यमा ध्यान दिइरहेको बताइन् । ‘अहिले म आफ्नो स्वास्थ्यमा ध्यान दिइरहेकी छु । म आफ्नो जीवनको स्वतन्त्रताको आनन्द लिइरहेको छु। जुन दिन मलाई लाग्छ कि म ती सबै चीजहरू त्याग्न सक्छु र बच्चा हुर्काउन सक्छु, म त्यो गर्ने छु’ मनिषाले भनिन् ।

प्रतिक्रिया