मनिषा कोइराला भन्छिन्- अब घर बसाउने र आमा बन्ने ‘कन्फिडेन्स’ छैन

काठमाडाैं । अभिनेत्री मनिषा कोइरालाले हालै मिडियालाई दिएको अन्तवार्तामा दोस्रो विवाह र बच्चाको बारेमा कुरा गरेकी छन् । उनले आफ्नो खराब स्वास्थ्यका कारण अहिले आमा बन्ने आत्मविश्वास नभएको बताएकी छिन् । उनी क्यान्सरबाट बचेकी हुन् । मनिषाले आफूलाई माया गर्ने आमाबाबु, निकै नजिकका साथी भएको बताइन् । तैपनि कहिलेकाहीं जीवन साथी भएको भए सहज हुने लाग्ने गरेको मनिसाले बताइन् ।
मनिषाले सन् २०१० मा व्यवसायी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । यो जोडी सन् २०१२ मा छुट्टिएको थियो । सोहि वर्ष मनिषालाई डिम्बग्रंथिको क्यान्सर भएको पत्ता लागेको थियो ।
ईटाइम्ससँगको कुराकानीमा मनिषाले भनिन्– फेरि विवाह गर्ने मेराे समय सकिएको छ, हैन र ? ‘मेरो जिवन पूर्ण भएको महशुश गरेकी छु ।’ उनले भनिन् ‘मेरो पाल्तु कुकुर र बिरालो अब मेरा बच्चाहरू हुन्। अझ त्यो भन्दा त, मेरा राम्रा आमाबाबु छन् । उनीहरु मेरा निकै राम्रा साथी हुन् । तर पनि कहिलेकाहीं सोच्छु कि यदि मसँग कोहि साथी भइदिए जीवन सहज हुने थियो कि ।’
मनिषाले बच्चाहरुको बारेमा थप कुरा गरिन् । ‘एकल आमाको रूपमा बच्चा हुर्काउन आत्मविश्वास चाहिन्छ।’ उनले भनिन् ‘मलाई थाहा छ कि संसारमा बच्चा हुर्काउनु कत्तिको जिम्मेवार छ। जुन दिन म विश्वस्त छु कि म एकल आमाको रूपमा यो गर्न सक्छु, म गर्नेछु।’
उनले अहिले आफ्नो स्वास्थ्यमा ध्यान दिइरहेको बताइन् । ‘अहिले म आफ्नो स्वास्थ्यमा ध्यान दिइरहेकी छु । म आफ्नो जीवनको स्वतन्त्रताको आनन्द लिइरहेको छु। जुन दिन मलाई लाग्छ कि म ती सबै चीजहरू त्याग्न सक्छु र बच्चा हुर्काउन सक्छु, म त्यो गर्ने छु’ मनिषाले भनिन् ।


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया