विशेष अदालतमा १८ वर्षमा २६९ मुद्दा पर्छ्यौट, अझै ३६० मुद्दा विचाराधीन
मुद्दा भोगेका ७० प्रतिशत कुनै न कुनै रुपमा दोषी ठहर, ३० प्रतिशतले मात्र पाएका छन् सफाई

काठमाडौँ । विशेष अदालतले १८ वर्षमा दुई सय ६९ थान मुद्दाको पूर्ण फैसला गरेको छ । आथिर्क वर्ष २०७९/०८० को अन्तिम दिन उसले विशेष अदालतमा पत्रकार सम्मेलन गरेर कुन प्रकृतिका कति मुद्दा पर्छ्यौट भए, कति अझै विचराधीन छन् भन्ने विवरण सार्वजनिक गरेको छ ।
त्यस आधारमा अदालतले अहिलेसम्म २६९ थान मुद्दा पर्छ्यौट गरेको देखिएको हो । अदालतसँग यो बीचमा ६२९ थान मुद्दा दर्ता हुन आएको थियो । अदालतले ४६ प्रतिशत मुद्दा पर्छ्यौट गर्न सफल भएको दावी गरेको छ । अदालतले वार्षिक रुपमा ५० दशमलव ९० प्रतिशत मुद्दा पर्छ्यौट गरिसक्ने लक्ष्य लिएकोमा ४६ प्रतिशत मुद्दा पर्छ्यौट गरेको विवरण सार्वजनिक गरेको हो ।
विशेष अदालत ऐन २०५९ अनुसार २०५९ भाद्र ६ गते विशिष्टिकृत अदालतका रुपमा विशेष अदालत स्थापना भएको थियो । यसलाई भष्ट्राचार निवारण ऐन र सम्पक्ति शुद्धिकरण ऐन २०६४ अनुसार मुद्दा निरुपण गर्ने अधिकार नेपालको संविधानअनुसार रहेको छ । यो अदालतले भष्ट्राचार र सम्पत्ति शुद्धिकरण लगातका विषयमा मात्र मुद्दाको निरुपण गर्ने गरेको छ ।
विशेष अदालतमा दुई वर्ष नाघेका ३२४ थान मुद्दा दर्ता भएको थियो । त्यसमा २१७ मुद्दाको पर्छ्यौट गरेको र १०७ थान मुद्दा अझै विचराधीन अवस्थामा रहेको छ । त्यस्तै, १८ वर्षदेखि दुई वर्षसम्मका ३८ थान मुद्दामा १९ थान मुद्दाको पर्छ्यौट भएको र बाँकी १९ थान मुद्दा विचराधीन रहेको छ ।
एक वर्षदेखि १८ महिनासम्मका ९१ थान मुद्दामा १७ को पर्छ्यौट भएको छ । ७४ मुद्दा अझै अदालतमा विचराधीन अवस्थामा रहेका छन् ।
६ महिनादेखि एक वर्षसम्मका ७७ थान मुद्दा अदालतमा थिए । त्यसमध्ये १५ थान मुद्दा पर्छ्यौट भएको छ । ६२ मुद्दा अझै बाँकी छ । त्यस्तै, ६ महिनाभित्रका ९९ थान मुद्दामा १ थान पर्छ्यौट भएको र ९८ थान मुद्दा बाँकी रहेको अदालतले जानकारी दिएको छ ।
यसरी हेर्दा कूलमा ६२९ थान मुद्दामा २६९ थान मुद्दाको फैसला भएको छ । बाँकी ३६० मुद्दा विशेष अदालतमा विचराधीन छन् । वार्षिक रुपमा ४६ प्रतिशत मुद्दा पर्छ्यौट गर्ने काम सम्पन्न भएको अदालतले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कुन प्रकतिका कति मुद्दा पर्छ्यौट भए ?
विशेष अदालतमा गैरकानुनी सम्पत्तिका ४७ थान मुद्दा दर्ता भएका थिए । त्यसमध्ये १९ थान मुद्दा पर्छ्यौट भएको छ । जसमा ६ थान मुद्दामा पूर्ण ठहर, २ थान मुद्दामा आंशिक ठहर, भएको छ । ११ थान मुद्दामा सफाइको फैसल्ला भएको छ । बाँकी २८ थान मुद्दा विचराधीन अवस्थामा छ ।
त्यसैगरी घुस रिसवततर्फ ११७ थान मुद्दा विशेष अदालतमा थिए । जसमध्ये ५० थान मुद्दाको फैसला आएको छ । त्यसमा २२ थान मुद्दामा ठहर भएको छ । ६ मुद्दामा आंशिक ठहर भएको छ । २२ मुद्दामा सफाइ मिलेको छ । अझै अदालतमा ६७ थान घुस रिसवततर्फका मुद्दा विचराधीन छन् ।
निर्णयगत अनियमिततातर्फ ३७८ मुद्दा विशेष अदालतमा थियो । जसमध्ये १४७ थान मुद्दा पर्छ्यौट भएको छ । जसमध्ये ४७ वटा मुद्दा पूर्ण ठहर भएको छ । ५४ थान मुद्दामा आंशिक ठहर भएको छ । ४६ वटा मुद्दामा सफाइ भएको छ । अझै अदालतसँग २३१ थान मुद्दा निर्णयगत अनियमितताका विचाराधीन अवस्थामा छन् ।
नक्कली प्रमाण पत्रतर्फ ४८ वटा मुद्दा विशेष अदालतमा थिए । जसमध्ये ४० वटा मुद्दाको पर्छ्यौट भएको छ । ४० मध्ये पनि ३७ वटा मुद्दामा ठहर भएको छ । एक वटामा आंशिक ठहर भएको छ । दुई वटा सफाइ भएको छ । त्यसमा एउटाको हदम्यादका कारण सफाइको फैसला अदालतबाट भएको छ ।
अब नक्कली प्रमाण पत्रतर्फ विशेष अदालतमा बाँकी ८ वटा मुद्दा विचाराधीन अवस्थामा छ । सम्पत्ति शुद्धिकरणतर्फ ३९ वटा मुद्दा विशेष अदालतमा दर्ता भएको थियो । जसमध्ये १३ थान मुद्दाको फैसला आइसकेको छ । जसमध्ये पूर्ण ठहर कुनै पनि मुद्दामा भएको छैन । आंशिक ठहरमा भने १२ वटा मुद्दा देखिएका छन् । एक वटा मुद्दामा भने सफाइको फैसला अदालतले गरेको छ । अझै २६ थान सम्पत्ति शुद्धिकरणका मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
यसरी हेर्दा कूलमा ६२९ मुद्दामध्ये २६९ मुद्दा अदालतले पर्छ्यौट गरेको छ । जसमध्ये ११२ ठहर भएको छ । यो कूलमा ४२ प्रतिशत हो । त्यस्तै ७५ मुद्दामा आंशिक ठहर भएको छ । यो कूलमा २८ प्रतिशत मुद्दा हो । ३० प्रतिशत मुद्दामा भने सफाइ भएको छ ।
अदालतले दिएको विवरणअनुसार विशेषले पर्छ्यौट गरेको मुद्दामध्ये ७० प्रतिशत मुद्दामा कुनै न कुनै रुपमा ठहर भएको छ । ३० प्रतिशतले मात्र सफाइ पाएका छन् ।
फैसला भएका मुद्दामध्ये ४४ थान मुद्दामा मात्रै फैसलाको पूर्ण विवरण आउन बाँकी रहेको अदालतले जनाएको छ । त्यसमध्ये १४ थान मुद्दाको फैसला तयार भइसकेको र त्यसमा हस्ताक्षर गर्न मात्र बाँकी रहेको अदालतले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
०००









सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया