बिहीबार, मंसिर ४, २०८२

निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

मेरोन्यूज २०८२ मंसिर ४ गते १६:५२

काठमाडाैं । सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

बिहीबार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधीन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्। उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिए।

सभामुख घिमिरेले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निर्माणाधिन संसद भवन निर्माणको कार्यले केही गति लिएको जस्तो देखिन्छ। राष्ट्रिय सभा अहिले पनि जारी छ। त्यसको हल छैन। राष्ट्रिय सभा यो भवनमा तत्काल चलाउनको लागि सम्भव देखिएन। त्यसको लागि अरु नै विकल्प खोज्नुपर्ने आवश्यकता छ। प्रतिनिधि सभा सञ्चालनको लागि चैतको अन्तिमसम्ममा तयारी गर्नेगरी जानुपर्छ। त्यसरी गयो भने सकिन्छ भन्ने देखिन्छ।’

प्रतिक्रिया