शनिबार, पुष ५, २०८२

सार्वजनिक यातायातको भाडा घट्यो, कहाँकाे कति ? (सूचीसहित)

मेरोन्यूज २०८० साउन १ गते १२:४४

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मुल्य घटाएसँगै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए ।

प्रतिक्रिया