दुर्गा प्रसाई देखि रास्वपा उपसभापति डोलप्रसाद अर्यालसम्मलाई धम्काउने प्रहरी फन्दामा

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाई देखि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डोलप्रसाद अर्याललाई धम्काउने सम्मका ब्यक्ति प्रहरीको फन्दामा परेका छन् । प्रसाई र अर्याललाई धम्काउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
ब्यवसायी प्रसाईलाई करोडौं पैसा माग गरेर धम्काउनेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । त्यस्तै, रास्वपाका उपसभापति अर्याललाई म्यासेजमार्फत धम्काउनेलाई भने उपत्यका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।
रास्वपा उपसभापति अर्याललाई असार १९ गते राती १ बजेर २६ मिनेटमा म्यासेज पठाई धम्की दिएका खोटाङको निर्मली डाँडा(३ मा जन्मिएका विजय कालिकोटेलाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।
आफुमाथी धम्की आएपछि रास्वपा उपसभापति अर्यालले प्रहरीमा मौखिक उजुरी दिएका थिए । त्यही आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
त्यसपछि प्रहरीले कपनबाट आरोपित विजय कालिकोटेलाई पक्राउ गरेको हो । उनी स्काईनेपाल न्यूज डटकमका अध्यक्ष सञ्चालक पनि हुन् ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
प्रतिक्रिया