बिहीबार, माघ २२, २०८२

सञ्चालकलाई छुटेपछि प्रहरीले लियो एलओडीका कर्मचारीलाई नियन्त्रणमा

मेरोन्यूज २०८० साउन १ गते १४:५२

काठमाडौं । काठमाडौं प्रहरी परिसरले चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । सरकारी वकिल कार्यालयले क्लबका सञ्चालकलाई छाडेको केही दिनपछि प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले एलओडीका म्यानेजर सहदेव स‍ेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको जानकारी दिए । सन्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनिहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको थियो । कार्कीले घटनामा प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए ।

नाबालिगलाई क्लबमा छिराएको भन्दै प्रहरीले एलओडीका सञ्चालकलाई नियन्त्रणमा लिएको थियो । ती नाबालिग सानेपामा पुगेर बलात्कृत भएपछि प्रहरीले एलओडीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया