सचिवहरूको प्रश्न : अनुसन्धान पनि राजनीतिक नेतृत्व र कर्मचारीहरूको फरक-फरक हुन्छ ?
‘सिआइबीको अनुसन्धान स्वच्छ र निष्पक्ष भएन’

काठमाडौँ । नेपाल सरकारका सचिवहरूले अनुसन्धान राजनीतिक नेतृत्वको र कर्मचारीहरूको फरक–फरक हुन्छ भनेर प्रश्न गरेका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको अनुसन्धानमा राजनीतिक नेतृत्व र कर्मचारीलाई फरक–फरक व्यवहार गरिएको बताएका छन् । यसबारे उनीहरूले असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।
आज मुख्यसचिव डा. वैकुण्ठ अर्यालसँग भएको बैठकमा सचिवहरूले अनुसन्धानका क्रममा कर्मचारीमाथि भएको व्यवहारबाट प्रशासनमाथिको विश्वसनियतामा ह्रास आउन लागेको बताएका थिए ।
बिहान ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सचिवहरूले कर्मचारीतन्त्रप्रतिको विश्वसनीयता खस्किन लागेको बताएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा कार्यरत सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । यो घटनाले कर्मचारीहरूबीच अब के र कसो हुने हो भन्ने भय रहेको सचिवहरूले बताएका थिए । यो घटनाले कर्मचारी र प्रहरी प्रशासनबीच वैमनश्यता आउन सक्ने पनि सचिवहरूले बताएका थिए ।
सचिव राउत पक्राउ परेपछि सहसचिव, उपसचिव, अधिकृत र नासुसम्मका कर्मचारीले मुख्यसचिवलाई काम गर्न अप्ठ्यारो भएको भन्दै यो अवस्थाको अन्त्य गर्नका लागि पहल लिन आग्रह गरेका थिए । कुनै फाइल निर्णयकर्ता उपल्लो तहका व्यक्तिको आदेशमा तोक लगाएकै कारण सचिव राउतलाई पक्राउ गरिएको उनीहरूको भनाइ छ । निर्णयकर्ता पक्राउ नपर्नुले कतै अनुसन्धानमा पनि फरक फरक गरिन्छ कि भन्ने प्रश्न उठेको बताएका छन् ।
ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले फरक–फरक व्यवहार देखाएको आरोप सचिवहरूको छ । अनुसन्धान स्वतन्त्र रूपमा नगरेको, अनुसन्धानका क्रममा स्थापित विधि र प्रक्रिया नमिलेको आरोप पनि सचिवहरूको छ । अनुसन्धान गर्दा व्यक्तिगत गोपनीयता, अनुसन्धानकर्ताको गोपनीयता, स्वच्छ अनुसन्धान र संलग्न सबैलाई समान व्यवहार नभएको आरोप पनि उनीहरूको छ ।
सचिवहरूको बैठकका एजेन्डा भने पुराना निर्णय कार्यान्वयन समीक्षा, वार्षिक बजेट कार्यान्वयन कार्ययोजना, सबै निकायको संगठन तथा व्यवस्थापन, आर्थिक सुशासन, प्रधानमन्त्री कार्यालयको पुनर्संरचनालगायत थिए । तर, त्यो भन्दा बढी आफूहरूको विषयमा सचिवहरूले धेरै कुरा गरेका थिए ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया