बिहीबार, माघ २२, २०८२

बलात्कारको आरोपमा एक जना पक्राउ

मेरोन्यूज २०८० साउन १ गते १९:३१

काठमाडौँ । दाङमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगर ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रहेका छन् ।

रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति फकाएर आफ्नै घरमा ल्याएर बलात्कार गरेको उजुरीका आधारमा उनलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

थुनामा राखेर उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।
 

प्रतिक्रिया