बाढी-पहिरोका कारण ३ राजमार्ग अवरूद्ध

काठमाडौं । बाढी–पहिरोका कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन् । सठक विभागका अनुसार बाढीपहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध बनेका हुन् । १५ वटा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ ।
आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा अवरूद्ध छ । त्यो राजमार्ग असारको पहिलो सातादेखि नै सञ्चालनमा आउन सकेको छैन ।
त्यस्तै तमोर करिडोरअन्तर्गत् चतरा–मूलघाट–माझीछार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक माझीटारमा अवरूद्ध छ ।त्यस्तै, बेनी जोमसोम कोरला सडक योजनाअन्तर्गत्को कालिगण्डकी करिडोर पनि बैसरी, नौनी बगर, तातोपानी, गुइँठे आदि ठाउँमा अवरूद्ध छ ।
अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ ।मनसुनजन्य विपद्का कारण राजमार्ग बिग्रिए, भत्किएर अहिलेसम्म २४ करोड ९६ लाख बराबरको क्षति भइसकेको सडक विभागको अनुमान छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया