आइतबार, पुष ६, २०८२

बाढी-पहिरोका कारण ३ राजमार्ग अवरूद्ध

मेरोन्यूज २०८० साउन २ गते ९:५६

काठमाडौं । बाढी–पहिरोका कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन् । सठक विभागका अनुसार बाढीपहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध बनेका हुन् । १५ वटा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ ।

आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा अवरूद्ध छ । त्यो राजमार्ग असारको पहिलो सातादेखि नै सञ्चालनमा आउन सकेको छैन ।

त्यस्तै तमोर करिडोरअन्तर्गत् चतरा–मूलघाट–माझीछार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक माझीटारमा अवरूद्ध छ ।त्यस्तै, बेनी जोमसोम कोरला सडक योजनाअन्तर्गत्को कालिगण्डकी करिडोर पनि बैसरी, नौनी बगर, तातोपानी, गुइँठे आदि ठाउँमा अवरूद्ध छ ।

अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ ।मनसुनजन्य विपद्का कारण राजमार्ग बिग्रिए, भत्किएर अहिलेसम्म २४ करोड ९६ लाख बराबरको क्षति भइसकेको सडक विभागको अनुमान छ ।

प्रतिक्रिया