सुन गायब गर्ने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट गायब भएको सुन प्रकरणमा पक्राउ परेका ३ जना कर्मचारीसहित ५ जना मुद्दाको पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि कारागार पठाउनले आदेश दिएको हो।
कारागार चलान हुनेमा नेपाल सरकारका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भइ काठमाडौंको न्युरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले र पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विक रहेका छन्।
२०७९ पुस २९ गते २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेटभित्र शंकास्पद बस्तु रहेको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बरामद गरेको थियो।
जाँचका क्रममा ती सामान इलेक्ट्रिक सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशंकामा छानबिन गरेको थियो।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया