बिहीबार, माघ २२, २०८२

नक्कली मुद्रा र सुनसहित दुई पक्राउ

मेरोन्यूज २०८० साउन २ गते १५:३५

काठमाडौँ । नक्कली मुद्रा तथा सुनसहित जिल्ला प्रहरी परिसर, काठमाण्डौँले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार गोरखाको आरुघाट गाउँपालिका १० का ४८ वर्षीय दुर्गाबहादुर खत्री क्षेत्री र भारत देश लखनउ स्थायी घर भई काठमाडौँ महानगर १० मा बस्ने ४५ वर्षीय विनयकुमार सिंहलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका २ सानोभर्‍याङमा रहेको पक्राउ परेका क्षेत्रीको कोठा खानतलासी गर्दा नक्कली सुन सहितका सामान फेला पारेको जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरीले काठमाण्डौ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले भारतीय र नेपाली नक्कली नोट, सुनजस्तो पहेलो धातु, २२० सीसीको पल्सर मोटरसाइकल मोबाइल बरामत गरेको छ ।

प्रतिक्रिया