कांग्रेसमा आगामी भदौ १५ भित्र ६ भ्रातृ संगठनको तदर्थ समिति बनाउन प्रस्ताव
मेरोन्यूज
२०८० साउन २ गते १५:४४

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति आगामी भदौ १५ गतेभित्र बनाउने प्रस्ताव भएको छ ।
पार्टी कार्यालय, सानेपामा बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश गरेका हुन् ।
महामन्त्री थापाले म्याद सकिएर तदर्थ समिति बनेको, तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ (नेविसंघ)लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन सक्ने गरी भदौ १५ भित्र पूर्णता दिने प्रस्ताव गरे ।
सम्बन्धित
















वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया