बिहीबार, माघ २२, २०८२

ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा

मेरोन्यूज २०८० साउन २ गते १६:४५

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका आरोपीहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

सोमबारबाट सुरु भएको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

ललिता निवास सरकारी जग्गा प्रकरणमा सञ्चार सचिव राउतसहित भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई गैरकानुनी रुपमा थुनामा राखेको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।

थुनामा रहेकाहरूले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) भने भ्याकेट निवेदन लिई पक्राउ नगर्न अन्तरिम आदेश लिएका १७ जना आरोपीविरुद्ध सर्वोच्च अदालत पुगेको थियो ।

सबै रिट र निवेदनलाई एकैसाथ राखेर सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया