ककनी गाउँपालिकाले फोहोर ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने
मेरोन्यूज
२०८० साउन २ गते १९:४०

काठमाडौँ । ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने भएको छ ।
नगर पालिकाका अध्यक्ष सुमन तामाङले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले तत्कालको लागि शुल्क नलिन अन्तरिम आदेश जारी गरेकाले त्यो मुद्दा अन्तिम किनारा नलागेसम्म फोहोरमैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने निर्णय भएको जानकारी दिएका छन् ।
अध्यक्ष तामाङले ककनी गाउँपालिका, काठमाडौँ महानगरपालिकालगायत २३ स्थानीय तहसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठक २१ गते सिसडोल बञ्चरेडाँडामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न दिएको निर्देशन सहरी विकास मन्त्रालयले पालना नगरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले मन्त्रालयलाई प्रधानमन्त्री दाहालले दिएको निर्देशन कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् ।
यस्तो छ गाउँपालिकाको विज्ञप्ति

सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया