एक क्विण्टल सुन जाँच पासमा संलग्न सबैलाई निलम्बन गर्ने तयारी
मेरोन्यूज
२०८० साउन ४ गते ९:४३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भई बाहिरिने क्रममा सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन सुरु गरेको छ ।
अनुसन्धानको पहिलो चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बन गर्ने तयारी गरिएको विभागले जनाएको छ ।
विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको भन्ने यकिन गर्ने तयारी गरेको छ ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरी बाहिरिएको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको हो ।
यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परिसकेका छन् । विभागले बरामद सुनको जोख्न राष्ट्र बैंक लैजाने तयारी गरेको छ ।
सम्बन्धित
















आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया