सुन बरामदमा नाम जोडिएपछि व्यापारी मल्होत्राले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक क्विण्टल सुन बरामद प्रकरणमा अनुसन्धान जारी राखेको छ । उक्त प्रकरणमा जोडिएका एक जना एजेन्टसहित छ जनालाई पक्राउ परिसकेका छन् ।
उक्त सुन प्रकरणमा काठमाडौँको कालिकास्थानमा रहेको सिल्भर सिटी अपार्टमेण्टका मालिक दिपक मल्होत्राको नामसमेत जोडिएको छ ।
यसअघि विभिन्न अवैध घटनामा जोडिएका सामसङ मोबाइलको व्यापारीसमेत रहेका मल्होत्रा एक क्विण्टल सुन बरामद प्रकरणमा पनि मुछिएका छन् ।
सुन बरामदको घटनामा मुछिएपछि व्यापारी मल्होत्राले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे दरबार मार्गस्थित रोयल सिंगे होटलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सुन बरामद भएसँगै प्रहरीले बूढानीलकण्ठमा रहेको ‘रेडी ट्रेडर्स प्रा.लि.’का सञ्चालक दोलखाको मेलुङ गाउँपालिका ३ घर भई हाल काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेललाई पक्राउ गरेको छ ।
यस्तै, भन्सार एजेण्ट राजेन्द्र राई, हर्क राई र ट्याक्सी चालक अशोक लामा रहेका छन् । एक जनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया