राजश्व अनुसन्धान विभागले सुन जोख्न टक्सार महाशाखा पुर्यायो
मेरोन्यूज
२०८० साउन ४ गते १४:२०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरबाट बरामद सुन जोख्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पुर्याइएको छ ।
विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरी सकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार महाशाखामा लगिएको हो ।
राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्यसैले विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।
यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया