बिहीबार, माघ २२, २०८२

सुन तस्कर गरी भन्सार जाँच पार गराउने ६ जनाविरुद्ध अनुसन्धानका लागि १० दिन म्याद थप

मेरोन्यूज २०८० साउन ४ गते १७:५३

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक १०० किलो सुन राजश्व अनुसन्धान विभागले बुधबार बरामद गरेको थियो । सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया