लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक

काठमाडौं । नेपालका पशुमा आक्रमक रूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो।
मन्त्री भुसालले हालै गरेको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिँदै नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
यस्तै खोरेत रोग उन्मुलनका लागि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री डा भुसालले बताए। त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ।
भारतले गाई र च्याङ्ग्रााको नश्ल सुधारका लागि उन्नत पशु नेपाललाई दिने भएको छ । गाईको गिर र साइवाल गाईको उन्नत जात नेपाललाई दिने भारतीय पशुपक्षीमन्त्री रुपालाले प्रतिबद्धता जनाएको जनाइएको छ।
सीमावर्ती नाकाबाट गैरकानूनीरूपमा पशुपक्षी र माछा आयात, निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन्।
















सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया