बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताएका छन् । संगठनमा म मात्रै सर्वैसर्वा र अपरिहार्य व्यक्ति हुँ कहिले नभनेको स्मरण गर्दै बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् ।
मन्त्री महतले बीपीले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेरलगायत अरु नेता र जनताको पनि कुरा सुन्ने गरेको स्मरण गरे । “बीपी कोइरालाको ४१ औं स्मृतिमा यही कुरा नै उहाँबाट प्रेरणा लिन सकिन्छ । कांग्रेसले अध्ययन गर्ने बानी विकास गर्न जरुरी छ । बीपीका धेरै साहित्यिक कृति छन्, त्यसको कांग्रेसले पुनःप्रकाशन गरेर गाउँगाउँमा पुर्याउन जरुरी छ,” डा. महतले भने ।
‘बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो । एउटा सन्दर्भमा बीपीले यसो भन्नुभएको थियो, पार्टीले किन यसो गरेको मान्छेहरु भन्छन्,’ उनले भने, ‘बीपीको सिद्धान्त कांग्रेसले छोड्यो भन्छन् । तर होइन, हाम्रो लक्ष्य बीपीको विचारमा आधारित प्रजातान्त्रिक समाजवाद हो, लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा समतामूलक समाज निर्माण गर्ने र समृद्धिसहितको समानता हुनुपर्छ ।’
लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा समृद्धिसहितको समानता कांग्रेसको लक्ष्य भएको उनको भनाइ छ । “एक थोपा दूध होइन, एक–एक ग्लास दूध । यसको अर्थ उत्पादन बढाउ भन्नुभएको हो । एक एक थोपाको कुनै अर्थ रहँदैन, यसले कसैलाई न्यूट्रेशन पुग्दैन, कम्तीमा एक–एक ग्लास दुध पुग्नुपर्छ,” उनले भने, “उत्पादन बढाइयो भने मात्र एक–एक ग्लास बाँड्न सकिने उदाहरण बीपीले दिनुभएको हो ।”
















श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया