बिहीबार, माघ २२, २०८२

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ, दुई फरार

मेरोन्यूज २०८० साउन ७ गते १७:३५

सप्तरी । जिल्लामा ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका ५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्री नारायण सदा रहेका छन् ।

उनीहरूसहित पाँच जनाले सोही नगरपालिका ५ स्थित नर्सरीमा ती महिलालाई शनिबार राति सामूहिक बलात्कार गरेको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै घटनमा संलग्न हाल फरार अन्य दुई जनाको खोजी गरेको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया