बिहीबार, माघ २२, २०८२

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

मेरोन्यूज २०८० साउन ७ गते १९:२१

काठमाडौँ । पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्‍चनपुरको कृष्णपुर नगरपालिका २ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

जोशीले पोल्याण्ड पठाइदिन्छु भन्‍दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया