एनआरएनए कतारको नेतृत्वका लागि सात जनाको उम्मेदवारी

कतार । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार पदम गिरी, अवधेश कुमार मण्डल, रमेश भट्ट, जैबी राई, अब्दुर रहमान, उत्तम गुरुङ र सरिता भण्डारी पौडेलले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
समितिका अनुसार विभिन्न पदहरुमा मनोनयन दर्ता भएका उम्मेदवारहरुमाथि दाबी विरोध पश्चात ९० जनाको उम्मेदवारी कायम भएको जनाएको छ । प्रारम्भिक नामावलीमा भने ९१ जना पञ्जीकृत सदस्यहरुको उम्मेदवारी परेको थियो ।
समितिले ६ जना आईसीसी सदस्यका लागि ९ जना, एक जना प्रथम उपाध्यक्षका लागि ३ जना, द्धितीय उपाध्यक्ष १ जनाका लागि ३ जना, तृतीय उपाध्यक्ष १ जनाका लागि २ जना, महिला उपाध्यक्ष एक जनाका लागि दुई जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै १ जना युवा उपाध्यक्षका लागि पनि दुई जनाको उम्मेदवारी परेको छ ।
यस्तै ३ जना सचिवका लागि ७ जना, कोषाध्यक्ष १ जनाका लागि ३ जना, सहकोषाध्यक्ष १ जनाका लागि ३ जनाको उम्मेदवारी परेको छ । समितका अनुसार महिला संयोजक र युवा संयोजक पदमा भने एकल उम्मेदवारी परेको छ भने १९ जना सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको छ ।
लेखा समिति संयोजक पद ९१० का लागि २ जना, लेखा समिति सदस्य ९२० का लागि ३ जनाको उम्मेदवारी परेको जनाइउकाे छ ।
यहाँ नयाँ नेतृत्व चयनका लागि जुलाइ २७ मा निर्वाचन हुँदैछ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया