एनआरएनए कतारको नेतृत्वका लागि सात जनाको उम्मेदवारी

कतार । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार पदम गिरी, अवधेश कुमार मण्डल, रमेश भट्ट, जैबी राई, अब्दुर रहमान, उत्तम गुरुङ र सरिता भण्डारी पौडेलले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
समितिका अनुसार विभिन्न पदहरुमा मनोनयन दर्ता भएका उम्मेदवारहरुमाथि दाबी विरोध पश्चात ९० जनाको उम्मेदवारी कायम भएको जनाएको छ । प्रारम्भिक नामावलीमा भने ९१ जना पञ्जीकृत सदस्यहरुको उम्मेदवारी परेको थियो ।
समितिले ६ जना आईसीसी सदस्यका लागि ९ जना, एक जना प्रथम उपाध्यक्षका लागि ३ जना, द्धितीय उपाध्यक्ष १ जनाका लागि ३ जना, तृतीय उपाध्यक्ष १ जनाका लागि २ जना, महिला उपाध्यक्ष एक जनाका लागि दुई जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै १ जना युवा उपाध्यक्षका लागि पनि दुई जनाको उम्मेदवारी परेको छ ।
यस्तै ३ जना सचिवका लागि ७ जना, कोषाध्यक्ष १ जनाका लागि ३ जना, सहकोषाध्यक्ष १ जनाका लागि ३ जनाको उम्मेदवारी परेको छ । समितका अनुसार महिला संयोजक र युवा संयोजक पदमा भने एकल उम्मेदवारी परेको छ भने १९ जना सदस्य पदका लागि ४० जनाको उम्मेदवारी परेको छ ।
लेखा समिति संयोजक पद ९१० का लागि २ जना, लेखा समिति सदस्य ९२० का लागि ३ जनाको उम्मेदवारी परेको जनाइउकाे छ ।
यहाँ नयाँ नेतृत्व चयनका लागि जुलाइ २७ मा निर्वाचन हुँदैछ ।










एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया