सय किलो सुन बरामद काण्ड
त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेललाई तानेर किताबखानाका महानिर्देशक पाण्डे पठाइयो

काठमाडौँ । करिव १०० किलो सुन बाहिरिएपछि चर्चामा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखको सरुवा भएको छ ।
त्यहाँ गत बिहीबारमात्रै अर्थ मन्त्रालयमा सरुवा भएकामा निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेलाई सरुवा गरिएको छ ।
गत गत असार १७ गतेदेखि बिरामी बिदामा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा पाण्डेको सरुवा गर्दै पोखरेललाई मन्त्रालयमा तानेका उनको सचिवालयले जनाएको छ ।
सुन भित्रिँदा बिदामा थिए विमानस्थल भन्सार र प्रहरी प्रमुख
बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई मन्त्रालयमा तानिएको हो ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँएको थियो ।
पोखरेल दुई महिने बिदामा हुँदा उनको स्थानमा अन्यलाई जिम्मेवारी दिइएको थिएन । निमित्तका रुपमा नारद गौतमले विमानस्थल भन्सारको नेतृत्व गरिरहहेका थिए।
सुन तस्करी प्रकरणपछि बदनाम त्रिभुवन विमानस्थल भन्सारमा अर्थले पाण्डेलाई पठाउने निर्णय गरेको हो।
पोखरेलले असार १७ गतेदेखि बिदा लिएर भदौ १७ गते सम्मलाई स्वीकृत गराएका थिए।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया