निर्वाचन आयोगको कारबाहीमा परे गगन थापा, सोविता गौतम, ओनसरी घर्ती, महेन्द्र राययादव, राजन भट्टराईसहित २४३५ जना (सूचीसहित)
प्रत्येकले एक साताभित्र १५ हजार जरिवाना तिर्नुपर्ने

काठमाडौँ । गत मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरू जरिवाना तोकेको छ । आयोगले खर्च विवरण सार्वजनिक नगर्नेलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ ।
आयोगले सूची सार्वजनिक गर्दै प्रतिनिधि सभामा उम्मेदवार भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, एमालेका राजन भट्टराई र शेरधन राई, नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, नेपाल समाजवादी पार्टीका नेता तथा वर्तमान सरकारमा खानेपानी मन्त्री महेन्द्रराय यादव, कांग्रेस नेता विजयकुमार गच्छदारलगायत १०३७ जनालाई खर्च विवरण जनही १५ हजारका दरले जरिवाना तोकेको छ ।
आयोगले प्रतिनिधि सभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकेको हो ।
प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले १५, १५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिँदै सूची प्रकशित गरेको छ । सात दिनभित्र खर्च विवरण बुझाउन पनि आयोगले निर्देशन दिएको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोकेको हो । यससँगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ ।
हालसम्म प्रतिनिधिसभाका २ हजार ३ सय ७३ जना र प्रदेशसभाका ५ हजार ५ सय ६१ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको पनि आयोगले जनाएको छ ।
सहितका सांसदहरूको नाम पनि खर्च विवरण नबुझाउनेहरूको सूचीमा छ ।
यस्तै आयोगले ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभा अन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया