सुन तस्करीबारे उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेको छ । बुधबार बसेको संसद् बैठकमा आकस्मिक समय लिएर एमाले प्रमुख सचेतक पदम गिरीले छानबिनमा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरे । उनले भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको उल्लेख गरे ।
‘राजश्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन ? अवश्य थियो’ गिरीले भने, कर्मचारीको सेटिङले मात्र यस्तो सुन तस्करी भएको छैन ।’
पछिल्लो २३ महिनामा २० विन्टलभन्दा बढी सुन तस्करी भएको दाबी गिरीले गरे । उनले भने, ‘यसको संरक्षण कसले गर्यो ? गृहमन्त्रीले गर्नु भएको हो कि होइन ? प्रधामन्त्रीले गर्नु भएको हो कि होइन ? अर्थमन्त्रीले गर्नु भएको हो कि होइन ।’
गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन सुकै कोट वा टार होस् म कारबाही गर्छु भनेर जजनतामा भ्रम छरेको आरोप गिरीले लगाए । उनले भने, ‘गृहमन्त्री अब कुर्सीमा बस्न कुनै पनि हिसाबले लायक हुनुहुन्न । अब कुन नैतिक धरातलमा त्यो पदमा बस्न सुहाउँछ ?’
मन्त्रीहरुको सेटिङमा सुन तस्करी भएको दाबी गर्दै एमाले प्रमुख सचेतक गिरीले यसबारे छानबिन गर्न संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरे । उच्चस्तरीय छाबिन हुने र जरासम्म पुग्ने सुनिश्चितता नभए संसद अघि बढ्न नसक्ने उनले बताए ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया