आइतबार, फागुन १०, २०८२

सुन प्रकरणमा कर्मचारीको सरुवा पुरस्कार हो कि कारबाही ? : रवि लामिछाने

मेरोन्यूज २०८० साउन १० गते १६:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले १०० किलो सुन बरामद प्रकरणमा कर्मचारीको सरुवा पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले सुन प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे । डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै यस्ता घटनामा गम्भीर हुन लामिछानेले अनुरोध गरे ।

यसबारे रास्वपाले संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले भने, ‘गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन ।’

उनले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसद्मा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए । उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।

लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे । ‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला’ सुन तस्करी सेटिङमा भइरहेको भन्दै उनले भने, ‘भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्‍याउँथ्यो होला नि, मालिकलाई नै कर्‍याप झ्याप पार्न सकिन्थ्यो होला नि त ? किन गरिएन ?’

भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणको जरा कहाँ छ भनेर सबैलाई थाहा भएको, तर सरकारले गिजोलेर मात्र छाड्ने गरेको उनले बताए ।

प्रतिक्रिया